कैलालीको जोशीपुर गाउँपालिकामा रहेको एक कुखुरा फर्ममा आगलागी

कैलालीको जोशीपुर गाउँपालिकामा रहेको एक कुखुरा फर्ममा आगलागी

धनगढी । कैलालीमा एक कुखुरा फर्ममा  आगलागी भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा  आगलागी भएको छ। गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा  आगलागी भएको हो।  आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीले जनाएको छ।