दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका २ मध्ये १ जनाको शव भेटियो

दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका २ मध्ये १ जनाको शव भेटियो

दार्चुला । दार्चुलामा हिमपहिरोमा परेर बेपत्ता भएका १ जनाको शव फेला परेको छ । वैशाख १९ गते हिमपहिरोमा परी बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।

यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा हिमपहिरोमा परेर बेपत्ता भएकी बोहराको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

सोही दिन हिम पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए । बेपत्ता ३ जनाको भने यसअघि नै शव फेला परिसकेको छ ।

यसअघि दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव फेला परेको थियो ।

हराएकी १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।