डोटीमा रेडक्रसको देहिमाण्डौं उपशाखा भवनको उद्घाटन

डोटीमा रेडक्रसको देहिमाण्डौं उपशाखा भवनको उद्घाटन

डोटी । डोटीमा नेपाल रेडक्रम सोसाइटी देहिमाण्डौं उपशाखा भवनको उद्घाटन गरिएको छ । सोमबार विश्व रेडक्रम दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले आदर्श गाउँपालिका ४ मा रहेको उक्त भवनको उद्घाटन गरेका हुन ।

भवनको उद्घाटन गर्दै उनले शाखामा आवश्यक भौतिक सामाग्री सहयोग गर्ने बताएका छन । उनले भवनको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन ।

उद्घाटन कार्यक्रममा देहिमाण्डौं उपशाखाका सभापति धर्म राज ओझाले संस्थाको आयव्यय विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको उपशाखाका कार्यसमिति सदस्य मोहनराज ओझाले बताएका छन ।

उद्घाटन कार्यक्रममा आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का, वडा नम्बर ४ का वडाध्यक्ष खगेन्द्र ओझा, वडा नम्बर ५ का वडा अध्यक्ष उत्तम सिंह, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखाका सह– कोषाध्यक्ष विजय राज ओझा लगायतको सहभागिता रहेको थियो ।