श्री एयरलाइन्सको विमानमा समस्या आएपछि भैरहवामा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमानमा समस्या आएपछि भैरहवामा आकस्मिक अवतरण

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा खराबी आएपछि भैहरवा नै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

बिहान ९:४० मा काठमाडौंका लागि उडेको विमान केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो ।

ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।