मेसीलाई निलम्बन गरेपछिको पहिलो खेलमा पीएसजी विजयी

मेसीलाई निलम्बन गरेपछिको पहिलो खेलमा पीएसजी विजयी

काठमाडौं ।  लियोनल मेसीलाई निलम्बन गरिएपछिको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति फ्रेन्च लिग वानमा ट्रोयसलाई ३–१ ले हराएको छ । जितसँगै पीएसजी उपाधिनजिक रहेको छ ।

बिनाअनुमति साउदी अरब भ्रमण गरेको भन्दै पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेसीलाई निलम्बन गरेपछि पीएसजीको यो पहिलो खेल हो ।

गए राति पहिलो खेलमा पाहुना टोली पीएसजीले आठौँ मिनेटमा काइलियन एमबाप्पेले गरेको गोलबाट अग्रता लिएको थियो । ५९औँ मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दोब्बर बनाए । ८६औँ मिनेटमा फाबियन रुइजले अर्को गोल थपेपछि पीएसजीले तीन अंक पक्का गरेको हो ।

जितपछि पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि हो । तेस्रो स्थानको मार्सेभन्दा आठ अंकको अग्रता हो । जारी लिगमा अब १२ अंकको मात्र खेल बाँकी छ ।

लेन्सले शनिबार मार्सेलीलाई २–१ ले हराएको थियो ।