पुजनिय आमा ढोग डण्डवत

पुजनिय आमा ढोग डण्डवत

आज आमाको मुख हेर्ने दिन आमा भन्ने शब्दको अर्थ हरकोहिलाई थाहा छ सुखमा अनि रमाइलो गर्दा यादै नआउने कुनै बिपत्ति समस्या आइलाग्ने बित्तिकै सबैको सबैको मुखमा झुन्डिन्छ आमा आमा म हजुरलाई कसरी परिभाषित गरौ तपाईंको कसरी बर्णन गरौ ।

मेरि आमा नौ नौ महिना आफ्नो पेटमा राखी यो सुन्दर संसार देखाउनु भयो , छोरा बिरामी पर्छ भनेर आफुले चिल्लो पिरो ( कुबत ) बार्नुभयो जबसम्म म खान खाने भएको थिएन दिनभर मेलापात ,गोठालो जादा पनि काखमा मलाई पिठिउमा घाँस दाउराको भारी हुन्थ्यो ।

आमा हजुरले कहिल्यै मीठो खाना खोज्नुभएन हामी सन्तानको दुख भोक सहन नसक्ने एक मात्र भगवान हो आमा तपाइ हामी मजाले खाना खान्थ्यौ अन्त्यमा एक दुई टुक्रा रोटीको बाछे पछि खाने नत्र नखाने गर्नुहुन्छ कैयौं दिन भोकै बस्नु पनि परेको छ हजुरले हामी भने दिनमा ४/५ चोटि खाने तर अंह आमा तपाईलाई कहिले चाहिएन है यस्तो ।

आमा तपाईको शरीरमा अझै पनि म जन्मदाका पुराना लुगा लागाउनुहुन्छ है कहिल्यै नयाँ लुगा खोज्नुभएन अलिकति भएको पैसा कहिले कापी त कहिले कलम किन्न ठिक्क है छोरालाई । अब त हजुरका छोरा जवान भैसके तर आमा हजुरका दुख एकरती पनि कम भएन छोराले बिहे गरिपछी सुख पाउने हजुरको सपना केवल सपना मात्र भयो ।

आजभोलि छोराहरु हजुरको एक कुरा पनि सुन्न चाहनुहुन्न । आमा म पढ्नको लागि अछाम बाट धनगढी आएको झन्डै ३ बर्ष भयो मैले हजुरलाइ एक दिनपनी फोन गर्न सकिन किनकि मलाई समय नै छैन कहिले कुनै कार्यक्रम हुन्छ कहिले gf लाई फोन गर्न ठिक्क तर हजुरले कम्तीमा नि हप्ताको ३ दिन फोन गरेर सोध्नुहुन्छ " छोरा कस्तो छ तिम्लाइ हिजो सपना देखेको थे , खाना समय मै खानु खर्च कति छ , अस्ति मैले पठाको घिउ र मह सकियो कि नाइ " अहिलेका युवा साथीहरूलाई नैतिक शिक्षाको अभाव भएको छ ,आफ्नो धर्म बिर्सन लागिसके , आफ्नो मुल्य मान्यता बिर्सन लागिसके त्यसैले त अहिले वृद्ध आश्रम बनाउनुपरेको हो ।

यसमा सरकारी निकायबाट नै रणनीति तर्जुमा गर्नुपर्ने देखिन्छ । हरेक बिधालय तहमा नै नैतिक शिक्षा राखियोस , युवाहरुलाइ योग्यता क्षमता अनुसारको रोजगारी दिइयोस् अनि कुनै पनि छोराले आफ्नो बुढा आमाबुबालाई वृद्ध आश्रम लग्नुपर्ने छैन