मन्त्रीमण्डल विस्तारका लागि छलफल गर्न मुख्यमन्त्री शाह काठमाडौं

मन्त्रीमण्डल विस्तारका लागि छलफल गर्न मुख्यमन्त्री शाह काठमाडौं

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह काठमाण्डौ प्रस्थान गरेका छन् ।

प्रदेशको मन्त्रीमण्डल विस्तारबारे छलफल गर्न आज काठमाडौं पुगेका हुन् ।

मुख्यमन्त्रीसंगै भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा पनि काठमाडौं पुगेको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको नेतृत्व सम्हालेको तीन महिना पुग्नै लाग्दा समेत प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुन नसकेकाले छलफल गर्न उनी काठमाण्डौं पुगेको सचिवालयका टेकराज कठायतले बताए ।

मुख्यमन्त्री शाह, मन्त्री देउवाले गठबन्धनका शिर्ष नेताहरुबिच भेटघाट गर्ने कार्यतालिका रहेको उनले बताए । ‘बजेट अधिवेशन नजिकिँदै गर्दा मन्त्रालय मन्त्री विहिन हुँदा काम गर्न समस्या भएको छ’ उनले भने –‘छिट्टै मन्त्रीमण्डल विस्तार गरेर योजना, कार्यक्रम बनाउनमा सहयोग गर्न शिर्ष नेताहरुलाई अनुरोध गर्ने छन् ।’