खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

सो मन्त्रालयको जिम्मेवारी यसअघि मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए । अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।