आईपीएलः गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्ने

आईपीएलः गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्ने

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् ।

गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ ।

राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।