नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर

नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर

धनगढी । नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन् ।

शुक्रबार भएको मतदानबाट उनका प्रतिद्धन्द्धी जयप्रकाश मिश्रलाई २० मत  बढीले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलातर्फ प्रतिद्धन्द्धी शान्ति भट्ट लाई १० मतले पराजित गर्दै निर्मला चौधरी निर्वाचित भएकी छिन् ।

कोषाध्यक्षमा सागर जोशी निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी खम्बबहादुर शाहलाई ६ मतले पराजित गर्दै उनी कोषाध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै, केन्द्रिय प्रतिनीधि तर्फ धिरेन्द्र कठायत, गोपालसिह बोहरा केशवराज पन्त, टेकबहादुर सार्कि र ज्ञानेन्द्र बहाुर शाह निर्वाचित भएका छन् । 

नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्यकर्मी संघ, नेपाल प्रेस युनियन लगायतका १५ संगठनको आवद्धतामा ट्रेड युनियन काँग्रेस गठन गरिएको हो ।