घोडाघोडी नगरको प्रथम सम्मेलन सम्पन्न

घोडाघोडी नगरको प्रथम सम्मेलन सम्पन्न

धनगढी । नेपाली काँग्रेस घोडाघोडी नगरपालिकाको प्रथम नगर सम्मेलन सुखडमा सम्पन्न भएको छ । बिहीबार नगरपालिका कार्यसमितिको आयोजनामा पार्टीका सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो ।
 
सम्मेलनमा नेपाली काँग्रेस कैलालीका उप–सभापति भीम बहादुर बडूवाल, खेम राज डगौँरा थारु, सचिव नृप सुनार, क्षेत्रीय सभापति रिता चौधरी, महासमिति सदस्य, जिल्ला सदस्यहरू लगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो । काँग्रेसले विगतका कमीकमजोरीहरू सच्याउँदै पार्टीलाई केन्द्रसम्म बलियो बनाउनको लागि पहिले वडा स्तर बलियो बनाउनु पर्ने सहभागी वक्ताहरूको  भनाई रहेको थियो ।
 
नेपाली काँग्रेस जस्तो पार्टी कहिले कसको आडामा कहिले आडमा लागेर चुनावमा जाने परिस्थिति बन्द गर्नुपर्ने उनिहरुको भनाई छ ।क्रियाशील सदस्य सबै भन्दा ठुलो शक्ति भएको भन्दै सङ्गठन निर्माणमा सबै लाग्नु पर्ने सबैको धारणा रहेको थियो । सबैले काँग्रेस बिग्रेको कुरा गर्नु भन्दा कहाँ नेर बिग्¥यो भनेर कमजोरीलाई औँल्याउँदै जानू भने सहभागी वक्ताहरूको भनाई छ ।
 
प्रथम नगर सम्मेलन विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरीएको थियो । सम्मेलन घोडाघोडी नगरपालिकाका सभापति बम बहादुर सिंहको अध्यक्षतामा भएको थियो । नगर उप–सभापति तिलक भट्राराइको  स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रेवती मल्ल शाह गर्नु भएको थियो ।