खेलकुदमन्त्री लिम्बुले दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने

खेलकुदमन्त्री लिम्बुले दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताए ।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाएका हुन्।

उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताए ।

उहाँले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गरे। उहाँले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाए।