नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज हुने

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज हुने

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज (बिहिबार) पद तथा गोपनीयताको सपथ लिँदैछन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएका छन् । 

तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसकेका हुन् भने कांग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बनेका हुन्।