सांसद रायमाझीः मलाई फसाउन खोजियो

सांसद रायमाझीः मलाई फसाउन खोजियो

काठमाडौं । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताए।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका रायमाझीले आज अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँग गैरभुटानीलाई अमेरिका लैजाने प्रकरण आफूलाई थाहा नभएको र संलग्नतासमेत नभएको प्रष्ट पारे।

आफू विधि र कानुनलाई सहयोग गर्न प्रतिवद्ध रहेको उनले बताए ।