माओवादीले पदाधिकारी बैठक बोलायो

माओवादीले पदाधिकारी बैठक बोलायो

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । 

बैठक बिहीबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।