गृह मन्त्रालय पाए सरकामा जान्छौँः सभापति रवि

गृह मन्त्रालय पाए सरकामा जान्छौँः  सभापति रवि

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयबारे शुक्रबार टुंगो लगाउँदैछ।

त्यसअघि सरकारमा सहभागी हुने उद्देश्यले सो पार्टीका सभापति रवि लामिछानले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको बैठकलाई तीव्रता दिएका छन्। गृह मन्त्रालयको नेतृत्व गरेर लामिछाने सरकारमा सहभागी हुन खोजेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले रास्वपा अध्यक्ष लामिछानेलाई गृह मन्त्रालय दिन सकिने जनाउ पनि दिइसकेका छन्।

तर, वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्री दाहाललाई सकस पर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। रास्वपा सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन्। देउवा र लामिछानेबीच मंगलबार भेट भएको थियो। भेटमा लामिछानेले गृह मन्त्रालय पाए आफू सरकारमा जाने देउवालाई बताएका थिए।

देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निर्णय गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई जवाफ दिएका थिए। लामिछानेले देउवासँग स्वास्थ्य मन्त्रालयको समेत दावी गरेका थिए। सभापति देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निर्णय गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई बताएका थिए।