राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस धनगढीमा प्रभातफेरि सहित सम्पन्न

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस धनगढीमा प्रभातफेरि सहित सम्पन्न

धनगढी । "विकास र समृद्धिको आधार" भन्ने मुल नाराकासाथ "राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७६ (ICT Day)" बिहीवार धनगढीमा बिबिध कार्यक्रम सहित मनाइएको छ । 

सो अवसरमा धनगढी स्थित क्याम्पस रोड बाट पार्कचोक सम्मको प्रभातफेरी कार्यक्रम गरि भब्य र सभ्य तरिकाले सम्पन्न गरिएको हो । प्रभावफेरिमा कार्यक्रममा सम्बन्धित क्षेत्रका २ सय ७५ जनाको सहभागीता रहेको थियो ।

प्रभावफेरि पछि आयोजना गरिएको कार्यक्रममाको अध्यक्षता कम्प्युटर एसेसिएसन नेपाल महासंघ कैलालीका अध्यक्ष बिरेन्द्र प्रसाद भट्टराइले गर्नुभएको थियो भने स्वागत मन्तब्य कम्प्युटर एसेसिएसन नेपाल महासंघ कैलालीका उपाध्यक्ष नरेश धामीले दिनु भएको थियो । यस्तै कार्यक्रममा कम्प्युटर एसेसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य हर्क सेठी र कम्प्युटर एसेसिएसन नेपाल महासंघका सुदुरपश्चिम प्रदेश कमिटीका सहसचिव धन बहादुर बोगटी, प्रदेश कमिटी सदस्य मनोहर श्रेष्टले शुभकामना सहितको मन्तव्यदिनु भएको थियो ।

सहभागी तथा अतिथिहरुलाइ कार्यक्रमका संयोजक नविन चौधरीले धन्यवाद मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन कम्प्युटर एसेसिएसन नेपाल महासंघ कैलालीका सचिव यज्ञराज ‌ओझाले गर्नु भएको थियो ।