कुवेतविरुद्ध नेपालले दियो २८१ रनको लक्ष्य

कुवेतविरुद्ध नेपालले दियो २८१ रनको लक्ष्य

काठमाण्डौं । कप्तान रोहित पौडेल र कुशल मल्लको शतकीय साझेदारीमा घरेलु टोलीले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसामु २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो।

तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।

चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको साझेदारी गरे। रोहित ९४ रनमा क्याच आउट भए। ९५ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का हाने।

लामो सट खेल्ने धुनमा रहेका रोहित अस्लामको बलमा पटेलको हातबाट क्याच आउट हुँदा शतक बनाउनबाट चुके। 

कुशल ५७ रनमा क्याच आउट भए। ४४ बलको सामना गरेका कुशल ४ चौका र ४ छक्का हानेका कुशल सायद मोनिवोको बलमा मोहम्मद अस्लामको हातबाट क्याच आउट भए। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गरे। कुवेतका अडनान इड्रेसले दुवै ओपनरलाई क्याच आउट गराएका थिए। पछिल्लो समय खराब सुरुवातको कारण आलोचित बनेका ओपनरले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

कुशल ४३ र आशिफ ३१ रनमा पवेलियन फर्के। ३९ बलको सामना गरेका कुशल ७ चौका र १ छक्का हान्दा अडनान इड्रेसको बलमा यासिन पटेलको हातबाट क्याच आउट भए। २८ बलमा १ चौका र ३ छक्का हानेका आशिफ पनि अडनान इड्रेसको बलमा यासिन पटेलको हातबाट क्याच आउट भए। 

नेपाल २३.२ ओभरमा ३–१४१ को अवस्थामा हुँदा पानी परेपछि खेल करिब दुई घण्टा खेल रोकिएको थियो। वर्षाका कारण सुरुवातमा ५ ओभर घटाइएको खेलमा पुनः पानी परेपछि खेल प्रभावित भएको थियो। तर पुनः पानी परेपछि खेलमा ८ ओभर घटाइएको हो। 

आशिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछाने ५ र भिम सार्की १ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरि डकआउट भए। करण केसी ७ रनमा आउट भए। सोमपाल कामी १३ र ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

कुवेतका मोहम्मद अस्लाम र अड्नानले समान २ विकेट लिए। यासिन पटेल र सायद मोनिवले एक एक विकेट आफ्नो नाममा गरे।