एसीसी प्रिमियर लिग: वर्षा भएपछि कुवेत र नेपालको खेल रोकियो

एसीसी प्रिमियर लिग: वर्षा भएपछि कुवेत र नेपालको खेल रोकियो

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेसँगै रोकिएको छ ।

घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कुवेत र नेपालको खेल चलिरहेको बेला वर्षा भएपछि खेल रोकिएको छ ।

२२.३ ओभरमा तीन विकेटको क्षतिमा नेपालले कुवेतविरुद्ध १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको हो ।

नेपालका कप्तान रोहितकुमार पौडेल ३० र कुशल मल्ल ३२ रनमा अविजित छन् । यसअघि  नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए । त्यस्तै, आसिफ शेखले २८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

नेपालले पहिलो विकेट ७७ रन बनाउँदा गुमाएको थियो । भीम आउट हुँदा नेपालको स्कोर ७८ थियो । त्यसपछि ओपनर आसिफ शेख ८० रन हुँदा आउट भए । रोहित र कुशलले ६१ रनको साझेदारी गरेका छन् ।