एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज कुवेतसँग खेल्दै नेपाल

एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज कुवेतसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार नेपालले कुवेतसँग खेल्दैछ। खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल समूह ए र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन्।

कतारलाई ६८ रनले पराजित गरी नेपाल सेमिफाइनलमा पुगेको हो। कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। 

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ। यसमध्ये नेपालले दुई र कुवेतले एक जित हात पारेका छन्।

कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा आयोजित एसीसी ट्रफी एलिटमा भएको थियो । यो खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो। 

शनिवारको खेलमा नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्दैछ।