होजियारी सिप बिकास तालिम कलेनामा सुरु

होजियारी सिप बिकास तालिम कलेनामा सुरु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका वडा नम्बर ९ कलेनामा मध्यम खाले होजियारी सिप बिकास तालिम सुरु गरियको छ।

दिपायल सिलगढी नगरपालिका डोटीको आयोजनामा ४५ दिने मध्यखाले होजियारी सिप विकाश तालिममा उक्त वडाका १४ जना महिला र किशोरीहरुकासहभागी रहने गरी  सुरु गरिएको हो । 

ूसिप सिकौ स्वरोजगार वनौ, समृद्ध नेपालको बिकास गरौ भन्ने मुल मर्मलाइ मध्यनजर गर्दै गरिवी निवारणका लागि लघु बिकास कार्यक्रम अन्तरगत तालिम सुरु गरिएको हो ।

४५ दिन सम्म संचालन हुने मध्यम खाले तालिममा उनको धागोबाट सुइटर, स्काप, दोसल्ला लगायतका सामाग्री कनाउने सिपका साथै मेसिनबाट इन्ट्रलक गर्ने सिप समेत सिकाईने दिपायल सिलगढी नगरपालिका अन्तर्गत लघु उद्यम बिकास कार्यक्रम शाखा अधिकृत राज वहादुर खड्काले जानकारी दिए ।

सीप सिकी स्वरोजगार वनाउने अभियानमा नगरपालिका लागिरहेको हुँदा सबैलाई सिप सिक्न उनले आग्रह समेत गरे ।

४५ दिने मध्यम खाले होजियारी सिप विकास तालिम बैशाख १३ गते देखि जेठ महिनाको २६ गते सम्म संचालन हुने तालिमका प्रशिक्षक बल्देव दयाले बताए ।