व्याँसमा प्रमुख प्रशासकीय अधिकृत बम हाजिर

व्याँसमा प्रमुख प्रशासकीय अधिकृत बम हाजिर

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम कार्यालयमा हाजिर भएका छन् । 

करिब २ महिना देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको व्यासँ गाउँपालिकामा विहिबार मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम कार्यालयमा हाजिर भएको व्यासँ गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिए।

कार्यालयमा नयाँ हाजिर भएका बमलाई विहिबार गाउँपालिका अध्यक्ष सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा स्वागत समेत गरिएको उनले बताए। कार्यालयमा हाजिर भएपछि बमले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन ।