एसीसी प्रिमियर कपमा नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

एसीसी प्रिमियर कपमा नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

काठमाण्डौ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । 

आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह ुबीु को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारलाई हराउँदै नेपाल समूह ुएु को विजेता बनेको थियो ।

यस्तै अर्को सेमिफाइनलमा समूह बी को विजेता यूएईले समूह ए को उपविजेता ओमानसँग खेल्ने भएको छ ।

दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचको खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।