एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट आईएमई पेमा पैसा लोड गर्न मिल्ने

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट आईएमई पेमा पैसा लोड गर्न मिल्ने

काठमाण्डौ । आईएमई पेमा अब एनएमबी बैंकका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आईएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरूप अब बैंकका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

ग्राहकलाई बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ यो सुविधा सुरु गरिएको एनएमबीले जनाएको छ ।