बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा । राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले  वडाबाटै संकलन हुने  जनाएको हो ।

बिहिबार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका सबै वडाहरुमा राष्ट्रिय परीचय पत्र विवरण संकलन हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । नागरिकता प्राप्त गरेका सबै नागरिकहरुले अव वडामै राष्ट्रिय परीचय पत्रको फारम भर्ने गरी तयारी भएको प्रजिअ खड्काको भनाइ रहेको छ ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागको आयोजनामा संचालन गरिएको एक दिने जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा संचालन गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागका शाखा अधिकृत भिष्मराज अर्याल र कम्पुटर इन्जीनियर असल भट्टराईले गरेका थिए ।

कार्यक्रममा जिल्लाका नौ ओटै स्थानिय तहका जनप्रतिधि, राजनितीक दलका प्रतिनिधी, सबै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु वडा अध्यक्ष र पत्रकारहरुको सहभागीता रहेको थियो ।

देशभर हालसम्म सम्म १ लाखा २४ हजार राष्ट्रिय परिचय पत्र वितरण भइसकेको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले जनाएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागका अनुसार १ करोड १४ लाख ६९ हजार १ सय १८ जनाले बिवरण भरीसकेको जनाएको छ ।