कञ्चनपुरमा नालामा डुबेर एक महिलाको मृत्यु

कञ्चनपुरमा नालामा डुबेर एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका – १० विकासबस्ती की अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ ।