डोटीमा एक युवकको हेलिकोप्टर मार्फत उद्धार

डोटीमा एक युवकको हेलिकोप्टर मार्फत उद्धार

धनगढी । डोटीमा एक जना युवक गाडीबाट खसेर घाईते भएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं–९का राम बहादुर विकका १२ वर्षीय छोरा मोहनको बुधवार गाडी बाट खसेर टाउकोमा गम्भीर चोट लागेको थियो। घम्भीर चोट लागेका विकका छोरा मोहनको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

गुडिरहेको जिपबाट खसेर गम्भीर घाइते भएका मोहनको जिल्लामा उपचार सम्भव नभए पछि बुधवार थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज स्थित कोहलपुर मेडिकल कलेज लागिएको हो। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री  नारायण काजी श्रेष्ठ र डोटीका जनार्दन जोशीको पहलमा घाइतेको हेलिकोप्टर मार्फत उद्धार गरिएको विकले बताए।

घाइते मोहनलाई नेपाली सेनाको एनए ०५५ कलसाइन हेलिकोप्टर मार्फत उद्धार गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए।