गौरीगंगा मेयर कपमा सहभागी हुने गोदावरीका खेलाडीको बिदाई

गौरीगंगा मेयर कपमा सहभागी हुने गोदावरीका खेलाडीको बिदाई

धनगढी । कैलालीको गौरगंगामा आयोजना भैरहेको चौथो गौरीगंगा मेयर कप फुटबल प्रतियोगीतामा सहभागी हुने गोदावरी नगरपालिकाको टिमलाइ बिदाई गरिएको छ । नगरपालिकाका प्रवत्ता गोपाल दत्त भट्ट, वडा नं.४ का वडाध्यक्ष हेम प्रकाश मल्ल लगायतको टिमले नगरपालिकाको प्रतिनिधित्व गरेर प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुको विदाई गरेको हो ।

नगरपालिका प्रवत्ता भट्टले प्रतियोगीतामा सहभागीता जनाई नगरपालिकाको टिमले नगरको पहिचान दिलाउने विश्वास लिएको बताए । उनले खेलमा उत्कृष्ट प्रर्दशन गरी नगरपालिकाको शिर उच्चो राख्ने काम गर्न अनुरोध गरे । उनले खेलकुदका कार्यहरुका लागी र खेलाडीहरुका लागी नगरपालिकाले सदैव अग्रस्थानमा रहेर कार्य गर्ने समेत बताए ।

प्रतियोगीतामा सहभागीता जनाउन नगरपालिकाबाट १८ जना खेलाडी र ३ जना अफिसियल गरी २१ जनाको टोली गौरीगंगा प्रस्थान गरेको छ । नगरपालिकाले आज पहिलो खेल कैलालीकै जानकी गाउँपालिकाको टिमसँग प्रतिष्पर्धा गर्ने भएको छ ।