नेपाली काँग्रेस जानकी गाउँ सम्मेलन सम्पन्न

नेपाली काँग्रेस जानकी गाउँ सम्मेलन सम्पन्न

धनगढी । नेपाली काँग्रेस जानकी गाउँपालिकाको प्रथम गाउँ सम्मेलन तोरैयापुरमा सम्पन्न भएको छ ।
मंगलबार गाउँपालिका कार्यसमितिको आयोजनामा पार्टीका केन्द्रिय सदस्य रामजनम चौधरीको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो ।

सम्मेलनमा नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्ट, पुर्ब सह–सभापति बिरु प्रसाद चौधरी, पार्टी उपसभापति, भिम बडुवाल, सचिब केशबराज मिश्र, कोषाध्यक्ष देबकी कार्की, महासमिति सदस्य नबराज रावल, जिल्ला प्रतिनिधि सुमन संज्याल, क्षेत्रीय सभापति प्रकाश शाह, जिल्ला सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

सम्मेलन जानकी गाउँपालिकाका सभापति गणेश राज रेग्मीको अध्यक्षतामा भएको थियो ।