गोविन्दले स्वर्णिमलाई बधाई दिँदै यस्तो भने

गोविन्दले स्वर्णिमलाई बधाई दिँदै यस्तो भने

काठमाडौँ । तनहुँ– १ को उपनिर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका डा। स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै उनले आफ्ना मतदाताको विश्वास आफूले जित्न नसकेको स्वीकार गरेका छन् । साथै उक्त क्षेत्रमा विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि अब डा वाग्लेमाथि नै आएको भन्दै यसमा आफूले पनि साथ दिने वाचा गरेका छन् ।

‘मैले मेरो क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो,’ उनले भनेका छन्, ‘तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’

आफूले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको बताउँदै उनले अब पनि खटिरहने ठा वाग्लेलाई रचनात्मक सहयोग तथा खबरदारीपूर्ण साथ दिइरहने जनाएका छन् ।