ओसिलो मैदानका कारण मलेसिया र कतारबीचको खेल अझै सुरु हुन सकेन

ओसिलो मैदानका कारण मलेसिया र कतारबीचको खेल अझै सुरु हुन सकेन

काठमाडौं । मैदान ओसिलो बनेपछि एसीसी प्रिमियर कपमा मलेसिया र कतारबीचको खेल अझै सुरु हुन सकेको छैन । सोमबार रातिको वर्षाका कारण मैदान ओसिलो बनेको थियो । 

मुलपानी क्रिकेट मैदानमा मंगलबार बिहान नौ बजेदेखि सुरु हुने तालिका रहे पनि निर्धारित समयको तीन घण्टा हुनै लाग्दा पनि खेलको लागि टससमेत हुन सकेको छैन ।

यसअघि वर्षाकै कारण सोमबारको मुलपानीमै हुने तालिका रहेको नेपाल र साउदी अरेबियाबीचको खेल पनि रद्द भएको थियो । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेको यी दुवै टिम समूह चरणबाटै बाहिरिसकेका छन् । समूह ‘ए’ को चौथो स्थानमा रहेको मलेसियाले तीन खेलबाट दुई अंक जोडेको छ । यता, दुई खेल खेलेको कतारले भने अझै अंकको खाता खोल्न सकेको छैन ।