दुर्घटना हुनबाट जोगियो फ्लाइ दुबईको जहाज, गन्तव्यतर्फ जाँदै

दुर्घटना हुनबाट जोगियो फ्लाइ दुबईको जहाज, गन्तव्यतर्फ जाँदै

काठमाण्डौ । फ्लाइ दुबईको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

त्रिभुवन विमानस्थलबाट दुबईको लागि उडेको केहीबेरमै विमानको इन्जिनमा आगो लागेपछि सुरक्षित अवतरण खोजिरहेको जहाजको अवस्था अहिले सामान्य भएसँगै गन्तव्यतर्फ लागिसकेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, जहाज नर्मल अवस्थामा छ । अहिले आफ्नै गन्तव्यमा लागेको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि अवस्था सामान्य भएर विमान दुबईतर्फ लागिसकेको बताए । उहाँले फेसबुकमा स्टाटस राख्दै चिन्ता नगर्न पनि आग्रह गरे ।