तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले गरे हार स्वीकार

तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले गरे हार स्वीकार

तनहुँ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ । तर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका स्वर्णिम वाग्लेभन्दा १० हजार मतले पछाडि परेपछि उनलेसोमबार साँझ सामाजिक सञ्जाल फेसबकुमार्फत जनादेशलाई शिरोपर गर्ने बताएका छन् ।

अर्थात रास्वपाका वाग्लेको जितको घोषणा अब औपचारिकताका लागि मात्र बाँकी छ । किनकी तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल १६ हजार मतले पछाडि छन् ।

तनहुँ–१ मा रहेका ४२ वटा वडामध्ये सोमबार साँझसम्म ३३ वटाको गणना सकिएको छ भने ९ वटामा बाँकी छ । गणना गर्न बाँकी बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाका वडाहरुमा यही अनुपातमा मत आए वाग्ले १० हजारभन्दा बढी मत अन्तरले विजयी हुने देखिएको छ ।