‘लकिङ सिस्टमपछि तेल चोर्न पाएनौ, अव तलव बढाउनुपर्‍यो’

‘लकिङ सिस्टमपछि तेल चोर्न पाएनौ, अव तलव बढाउनुपर्‍यो’

धनगढी : प्रदेश ७ का ट्याङकर चालक तथा सहचालकले लकिङ प्रणालीपछि पेट्रोलियम पदार्थ चोर्न नपाएको भन्दै तलव भत्ता बढाउन माग गरेका छन । 

असार दोस्रो साता दुई ट्याङकरमा लकिङ प्रणाली सुरु गरेको नेपाल आाल निगम क्षेत्रीय कार्यालय धनगढीले दुई हप्ता अगाढी प्रदेश ७ मा रहेका ६६ वटै ट्याङकरमा लकिङ प्रणाली सुरु गरेपछि ट्याङकर चालक तथा सहचालकले सो माग राखेका हुन । 

यसअघि तलाव भत्ता कम भएपनि भारतको बन्थरा डिपोबाट धनगढी आउने क्रममा बाटोमा पेट्रोलियम पदार्थ चोरेर गुजारा चलाउदै आएका उनीहरुले लकिङ प्रणालीपछि आम्दानीको स्रोत गुमेको भन्दै लकिङ प्रणाली खारेज गर्न अनेक बहाना गर्न थालेका छन । 

प्रदेश ७ का ट्याङकरमा लकिङ प्रणाली सुरु गरिएपछि भारतको बन्थरा डिपोमा पेट्रोलियम पदार्थ लोडपछि ताला लगाईन्छ । उक्त तालाको चाबी नेपाल आयाल निगमसँग पनि छ । ट्याङकरले पेट्रोलियम पदार्थ धनगढी ल्याएपछि आयल निगमले ट्याङकरमा लगाएको ताला खोल्छ । 

जसका कारण यसअघि बाटोमै पेट्रोलियम पदार्थ चोरी गर्ने चालक÷सहचालकले उक्त काम गर्न पाएका छैनन । 

ट्याङकर चालक सघ प्रदेश ७ का सचिव ललित चन्दले लकिङ प्रणाली सुरु गरिएपछि चालक–सहचालक समस्यामा परेको बताए । 

‘मासिक ८÷९ हजार रुपैया काम गर्नु परेको छ । त्यसैले तलव बृदिको माग गरेका हौ ।’ उनले भने, ‘लकिङ पं्रणाली सुरु नभए अगाढी त बाटोबारै केही खर्च चल्थ्यो ।’

उनीहरुका अनुसार हाल ट्याङकर चालकलाई मासिक ८ देखि १० हजार तथा सहचालकलाई ५ देखि ७ हजारसम्म तलव दिईदै आएको छ । 

त्यसका साथै खाना खर्च र बाटोमा तिर्नुपर्ने राजस्व वापत केही रकम दिइन्छ । यसअघि उक्त रकममै चित्त बुझाउदै आएका उनीहरुले लकिङ प्रणालीपछि तलव बृदिको माग गरेका हुन । 

यसअघि एउटै ट्याङकरबाट उनीहरुले एक सय लिटर भन्दा बढी पेट्रोलियम पदार्थ चोरी गर्दै आएको समेत स्वृकारेका छन । 

लकिङ प्रणालीपछि यसअघि दिईदै आएको तलव कम भएको भन्दै उनीहरुले चालकको ३० तथा सहचालकको २० हजार तलव तोक्न माग प्रदेश ७ को पेट्रोलियम ढुवानी व्यावसायी संघ समक्ष माग गरेका छन । 

ट्याङकर चालक संघ प्रदेश ७ का सहसचिव भवानी सिंह धामीले भने, ‘लकिङ प्रणालीपछि हामीहरु साह्रै समस्यामा परेका छौ । त्यसैले तलव बृदिको माग गरेका हौ ।’

लकिङ प्रणाली सुरु गरिएपनि अझै पेट्रोलियम पदार्थ कम देखिने गरेको भन्दै उनीहरुले लकिङ प्रणालीलाई हटाउनुपर्ने माग गरेको आयल निगम समक्ष गरेका छन । 

‘लकिङ प्रणालीपछि पनि भारतको बन्थरा डिपोमा लोड गरिएको भन्दा धनगढीमा पेट्रोलियम पदार्थ चेक गर्दा कम भेटिन्छ ।’ ट्याङकर चालक संघ प्रदेश ७ का अध्यक्ष लाल बहादुर महराले भने, ‘पेट्रोल कम भेटिएमा आयल निगमले पैसा काटछ । साहुले हाम्रो तवलबाट त्यो पैसा काटछन ।’

उनीहरुले लकिङ प्रणाली सुरु भएपनि तेलको परिणाम कम हुने लगायतका अनेक बहना बनाउदै उक्त प्रणाली हटाउन माग गरिरहेका बेला निगमले भने त्यस्तो केही समस्या नरहेको दावी गरेको छ । 

‘लकिङ प्रणाली सुरु भएपछि विचबाटोमा पेट्रोलियम पदार्थको चोरी रोकिएको छ ।’ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले भने, ‘भारतमा भरिएको भन्दा केही कम पेट्रोलियम पदार्थ हालसम्म दुई वटा ट्याङकरमा मात्रै भेटिएको छ ।’

ट्याङकीमा खरावीका कारण ति ट्याङकरमा पेट्रोलियम पदार्थ कम भेटिएको र मर्मत गर्न निर्देशन दिइएको शर्माले जानकारी दिए । 

उनले भने, ‘कहिलेकाही तापक्रम नमिल्दा केही तलमाथि हुनसक्छ । त्यो रकम हामी काटछौ । तर, कारवाहीको प्रक्रियामा चाहि जादैनौ ।’

ट्याङकर चालक तथा सहचालकले आफुहरुको सेवा सुविधा नबढेमा ढुवारी ठप्प पार्ने र त्यसपछि पेट्रोलियम पदार्थको अभाव भएमा निगमलाई असर पुग्ने भन्दै निगम मार्फत तलव बृदिका लागि पेट्रोलियम ढुवानी व्यावसायी सघलाई दवाव दिईरहेका छन भने लकिङ प्रणाली हटाउन माग गरिरहका छन ।