रवि भन्दा श्रेष्ठ कति मतले पछि

रवि भन्दा श्रेष्ठ कति मतले पछि

काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म नौ हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेको अग्रता कायमै छ । 

ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहनुभएको छ । नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहनुभएको छ । उहाँहरूबीच एक हजार सात सय ७३ मतको अन्तर रहेको छ । 

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दोब्बर मतले पछि पर्नुभएको छ । उहाँले दुई हजार दुई सय पाँच मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि हुनुहुन्छ ।