बारा–२ मतगणनाः अग्रता बढाउँदै उपेन्द्र, जनमतका उम्मेदवार ५३३ मतले पछाडि

बारा–२ मतगणनाः अग्रता बढाउँदै उपेन्द्र, जनमतका उम्मेदवार ५३३ मतले पछाडि

बारा । बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।

हालसम्मको मतगणनामा यादवले २ हजार ६०० मत पाएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा २ हजार ६७ मतसहित पछ्याइरहेका छन् ।

दुवैको मतान्तर ५३३ रहेको छ । उपेन्द्रले लगातार अग्रता बढाउँदै गएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलको मत ८६१ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार रमेश खरेलले ३०३ मत पाएका छन् । हालसम्मको रुझान हेर्दा बारामा जसपा र जनमतबीच कडा टक्कर देखिएको छ ।