बारा-२ मा यादवको अग्रता

बारा-२ मा यादवको अग्रता

काठमाडौँ । बारा(२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उनले २६ सय मत प्राप्त गरेका छन् भने जनमतका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन् ।  जम्मा ६ हजार ७७४ मत गणना गर्दा कुशवाहालाई यादवले ५ सय ३३ मतले अग्रता लिएका हुन् ।

एमालेका पुरुषोत्तम पौडेलले ८६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने ३०३ मत र आम जनता पार्टीले १९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ८ सय ८६ मत खसेको छ ।