देश बनाउने बिचार लिएर अगाडी बढेका छौंः अध्यक्ष लिङ्देन

देश बनाउने बिचार लिएर अगाडी बढेका छौंः अध्यक्ष लिङ्देन

धनगढी । पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा रहँदा दश वर्षसम्म हुन नसकेका कामहरु ४० दिनमै पुरा गरेको बताएका छन् ।

सोमबार धनगढीमा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै उनले देश कसरी बनाउने भन्ने आफनो पार्टी लागि रहेकाले ४० दिनको कार्यकालमा दशौं वर्षको समस्याको निकास दिएको बताएका हुन् ।

‘अरु पार्टीका नेताहरुलाई कमाई कसरी हुने सोचिरहन्छन् । हामी भने देश कसरी निर्माण गर्ने हो भनि सोचिरहेका हुन्छौं’ अध्यक्ष लिङ्देनले भने, ‘हामीले कसम खाएका छौं । एक रुपैयाँ पनि भ्रष्टाचार गर्दैनौ । अरु पार्टीका नेता मन्त्रीहरु त कुनै योजना कुनै ठेक्का दिलाए वाफत पनि कमिसन खान खोज्छन् । तर हाम्रो पार्टीमा यस्तो चल्दैन् ।’ उनले देश बनाउने बिचार लिएर पार्टी अगाडी बढेको बताए ।

अध्यक्ष लिङ्देनले संघियताकै कारण देश गरिब भईसकेको बताए । ‘सरकारले प्रदेशका साँसद मन्त्रीहरुलाई पाल्दै बसेको छ । प्रदेश सरकारको अहिलेको अवस्थामा काम नभएकोले प्रदेश सरकार नै खारेज गर्नु पर्छ’ उनले भने ।

अध्यक्ष लिङदेनले देशका नेताहरुबाट अराजकता बढीरहेकाले राजाको माग गरेको बताए । उनले भने –‘हामीले देश राजा मय भनेका होईनौ, काम गर्ने शैली राजतन्त्रको राम्रो भएकोले हामीले देशमा राजा ल्याउँ भनेका हुँ ।’ 
कार्यक्रमा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री केशव बलायर, प्रतिनिधि सभासदस्य ज्ञानेन्द्र शाही पुर्व मन्त्री जयन्त चन्द र सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।