देउवाले भने : उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन, पार्टीमा सुधार चाहियो

देउवाले भने : उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन, पार्टीमा सुधार चाहियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। 

सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। 

बैठकमा सभापति देउवाले उपनिर्वाचनमा  पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याए सांसद रामहरि खतिवडाले बताए।

उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारे पनि सांसदहरुसँग चासो राखेको बताए। 

उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए। 

बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।

सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्नेरु पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए।

उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो। अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने कार्यक्रम आउनुपर्छ, साना जनतासँग जोडिने कार्यक्रम आउनुपर्छ। बिपी कोइरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो। अरु बेला कांग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा नआएको चिन्ता सांसदहरुले उठाउनुभएको छु, उनले भने, तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन्। यसलाई कसरी सम्बोधन गरेर जानेरु भनेर छलफल भएको छ। सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ।ु