८१ जनामा कोरोना संक्रमण पुष्टि

८१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३ सय ६ नमुनामध्ये  ३ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९ सय ३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको संक्रिय संक्रमितको संख्या ३ सय ७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।