आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य

आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य

धनगढी । दार्चुलामा अपि बेश क्याम्प भ्रमण सप्ताह हुने भएको छ । जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकाले अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालन गर्ने भएको छ ।

७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य सहित भ्रमण सप्ताह सञ्चालन गर्ने तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत ठेकरे बोहराले जानकारी दिए । 


वैशाख १४ गतेदेखि अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालनको तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष ठेकरे बोहराले बताए । अपिहिमालको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गर्न लागेको हो । 

अपिहिमालमा लाखौं मूल्यका जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक छटाहरु रहेका छन् । 

अपि बेश क्याम्प भ्रमण सप्ताहमा सरीक हुन समेत उनले सबैलाई आग्रह गरे ।