( लोखाडी ) लखिनाथ अवतार

( लोखाडी ) लखिनाथ अवतार

( लोखाडी ) लखिनाथ अवतार

श्री गणेशाय नम :

वर्ष पहिले को कुरा हो 'बैतडी डिलासैनी गाउॅपालीका को वडा नं, ७ कार्कीगाऊ ढाण गगडी मा एक बुढी बस्थिन् । बुढी एक्लै थिइन् बुढीआमाका दुई बाॅझा गाई थिए । बुढी आमा गाई हरूको लागि घाॅस काट्न वन जान्थिन् अर्थात् पनरूवाॅ पातल बाट घास काटेर ल्याउथिन्।

बुढीआमाले जसो तसो गरेर दुःख का दिनहरु बिताउदै थिईन् । एक दिन को कुरा बुढी पनरूवाॅ पातल घास काट्दै थिईन् । ठूलो ढुङ्गा को ओडार मा एउटा बिचित्र बालक भेट्टाइन् । बुढी एक छिन त झसंग भइन् तर पछि त्यो बालक लाई आफ्नो काखमा समातिन् । बालख रून थाल्यो । बुढीआमाले आफ्नो स्तन चुसाउन थालिन्, पहिलो अचम्म त यो भयो बुढी को स्तन बाट दुध आउन थाल्यो । बुढी आमा खुशी हुँदै बालक बोकेर घरमा गइन् । बुढी आमा जब घरमा पुग्दा घरमा त दोस्रो अचम्म को कुरा भएको थियो। धेरै बर्ष बाझा रहेका गाई हरूले ब्याएर बाच्छा बाच्छी लाई दुध चुसाउदै थिए ।

बुढी आमा धेरै खुशी भईन् । बुढी आमा बालक रुपी लखिनाथ स्वामी को सेवा सत्कार मा हर्ष का दिन हरु बिताई रहेकी थिइन् । बुढी आमा गाई हरूको लागि घाॅस काट्न वन जाने बेला बालक सुताएर घर ढोका बन्द गरेर जान्थिन् । तेस्रो अचम्म को कुरा के हुन्थ्यो भने बुढी आमा वन बाट घर आएर ढोका उघारी भित्र हेर्दा बालक सुतेकै देखिन्थे तर दुध राखेको (पारामा ) ठेकीमा आधा पाईन्थ्यो । बुढी आमा लाई धेरै अचम्म लाग्थ्यो यस्तो कसरी हुन्छ होला त? एक दिन होइन, दुई दिन होइन दिनदिनै को घटना' बुढी आमा लाई यो घटना कसरी हुदै छ भनेर जान्न मन लाग्यो ।

एक दिन को कुरा बुढी आमा सधै झै घरको काम सिध्याएर घरको ढोका बन्द गरेर बाहिर आईन् । ढोका को सानो प्वाल बाट भित्र हेरीरहीन् । भित्र को दृश्य त धेरै अचम्म को थियो; कोठाको चारै कुनामा बत्ती बल्यो फेरि बालकरुपी लखिनाथ स्वामी बिछ्यौना बाट उठेर झल्झलाकार रुपमा दर्शन दिनुभयो । फेरि दुध राखेको ठेकी झिकेर दुध पिउन थाले । झटपट बुढी आमा ढोका खोलेर भित्र पसेर बालक नजिक गएर भनिन्; हे बिचित्र रुप धारण गर्ने शक्ति आत्मा तिमी को हौ? देवता हौ कि गन्धर्व किन्नर अथवा श्री कृष्ण स्वामी हौ । बुढी आमाको मुखारबिन्दु बाट त्यस्तो कुरा सुन्दा बालक लखिनाथ स्वामी ढोकाबाट बाहिर मलको थुम्का मा हाम फाल्नु भयो । बुढी आमा पनि पछि लागेर गइन् ।त्यसपछि लखिनाथ स्वामी क्रमस: पनरूवाॅ पातल त्यहाँबाट पौडी अनि त्यहाँबाट मल्ला बिडी अनि फेरि तल्ला बिडी । बुढी आमा पनि पछिपछि लागेर यहाँसम्म आइपुगेकी थिइन् । त्यहाँ एक ठूलो पानीको तलाउ थियो जसको गहिराई नाप्न सकेको थिएन आजकल पनि प्रतक्ष छ । अनि फेरी बालकरुपी लखिनाथ स्वामी ले त्यसै तलाउमा हामफालेर अदृश्य भए । बुढी आमाले पनि त्यसै तलाउमा हामफालेर मर्ने बिचार गरिन्।

अनि बुढी आमाले घास काट्न भनेको हसिया र डोरी ठूलो ढुङ्गामा राखेर तलाउमा हामफाली जिउ समाप्त पारिन् । आजभोलि पनि त्यो ढुङ्गामा हसिया र डोरी को छाप स्पष्ट देखिन्छ ।

जय श्री लखिनाथ स्वामी को जय जय जय जय जय

कुनै गल्ती मा क्षमा पाउ भन्दै अहिले बिदा हुन्छु धन्यवाद! ।।

अस्तु ।।