श्रमिकहरुको चेतावनीः जवरजस्ती गरी पुलमा ओहोरदोहोर गरे खोला फाल्छौँ

श्रमिकहरुको चेतावनीः जवरजस्ती गरी पुलमा ओहोरदोहोर गरे खोला फाल्छौँ

धनगढी । जिल्लाको दुहुँ गाउँपलिकामा रहेको नेपालकै दोस्रो लामो झोलुङ्गे पुल अनिश्चितकालिन समयका लागि वन्द गरिएको छ । निर्माण सम्पन्न भएको २ वर्ष बढी वितिसक्दा समेत ठेकेदार कम्पनिले श्रमिकहरुको ज्याला भुक्तानी नगरेको भन्दै स्थानिय श्रमिकहरुले शुक्रवार बिहानै देखी पुल वन्द गरेका छन ।

आफुहरुको माग सम्वोधन नभएसम्म कोही कुनै मानिस पुलमा जवरजस्ती गरी ओहोरदोहोर गरे कलागाड खोलामा फालिदिने श्रमिकहरुले चेतावनी दिएका छन । पुलको दुबै तिर तारजाली लगायत जस्तापाताले वेर लगाएको छ । बिहानै पुल वन्द भएपछि जिल्ला सदरमुकाम खलंगा आउने र काम बिशेषले गाउँपालिकाको कार्यालय सम्म जाने नागरीकहरुलाई २ घण्टा लामो सडकको बाटो भएर जानु पर्ने अवस्था सिर्जना भएको छ ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकहरुको ज्याँला अझै सम्म नदिनुको कारण भने खुलेको छैन । निर्माण कम्पनिले काम गरेवाफतको अन्तिम चरणको भुक्तानी समेत गाउँपालिकाबाट नलिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पसलधनि र ट्याक्टर ब्यवसायीहरुको पनि निर्माण ब्यवसायीले दिनु पर्ने रकम दिएको छैन । स्थानिय श्रमिकहरु पसलधनी र ट्याक्टर ब्यवसायीहरुले वेला वेला गाउँपालिकाको न्याँयिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलमा हार गुहार गरेपनि कुनै निकास नआएपछि पुल वन्द गरिएको पसलधनि नरेन्द्र जोशीले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्वर १,२ र ५ का स्थानियले उक्त पुल निर्माणको समयमा ज्याला मजदुरी गरेका थिए । पुल वन्दको बिषयमा दार्चुला प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई वुझदा पिडितहरुको जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमा निवेदन पुगेको र ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको जानकारी दिए । श्रमिकहरुले श्रम गरेवाफतको पाउनु पर्ने रकम पाउनु पर्ने र स्थानिय श्रमिकहरुले सार्वजनिक पुल वन्द गर्न नहुने वताए ।

विहानै पुल वन्द गरेपछि दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडाल र हिकिला प्रहरीचौकीबाट प्रहरीटोली पुल वन्द गरिएको स्थानमा आएको थियो । गाउँपालिका अध्यक्ष बडालले एकहप्ता भित्र ठेकेदार कम्पनिलाई बोलाई दिने र पुल खुल्ला गर्न हामीहरुलाई अग्रह गरे हामीले मानेनौ श्रमिक राजेन्द्र प्रसाद जोशीले भने ।

पटक पटक हामीहरुले आन्दोलन गर्दा एक हप्ता भित्रै समस्याको समाधान हुने गाउँपालिका अध्यक्षले आश्वासन दिनु भएकै हो यो पल्ट हामीले मानेनौ जोशीले भने । पुलको बाकी भुक्तानी प्राविधिक मुल्याङकनका आधारमा हुने गाउँपालिकाले जनाएको छ । लोड टेस्ट लगायत ठेकेदार कम्पनिले गर्नु पर्ने काम पनि अझै बाकि रहेको गाउँपालिकाले जनाएको छ। झोलुङ्गे पुलको उनगाई केवल ९साईडको लठ्ठा० समेत निर्माण सम्पन्न भएको छ महिनामै तल खसेको थियो ।