बेङ्गलोरले पन्जाबलाई २४ रनले हरायो

बेङ्गलोरले पन्जाबलाई २४ रनले हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई हराएको छ । 

आज बिहीवार मोहालीमा भएको खेलमा बेङ्गलोरले घरेलु टोलीलाई २४ रनले हरायो । बेङ्गलोरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाब १८ ओभर २ बलमा अलआउट भयो । उसका प्रभसिमरन सिंहले सर्वाधिक ४६ रन बनाए । यस्तै जितेश शर्माले ४१ रन बनाए । बेङ्गलोरका मोहम्मद सिराजले चार र वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायो । उसका फाफ डु प्लेसिसले ८४ र विराट कोहलीले ५९ रन बनाए । पन्जाबका हरप्रित ब्रारले दुई विकेट लिए ।

यो जितसँगै बेङ्गलोर छ खेलमा छ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पन्जाब उति नै अङ्कसहित सातौँ स्थानमा छ ।

आजको खेलमा बेङ्गलोरको नेतृत्व विराट कोहलीले गरेका थिए । नियमित कप्तान फाफ डु प्लेसिस पूर्णरूपमा फिट नभएपछि पूर्वकप्तान कोहलीले टोलीको नेतृत्व गरेका हुन् । विराट कोहलीले यसअघि सन् २०२१ अक्टोबर ११ मा टिमको कप्तानी गरेका थिए ।