भारतसँग खेल्न उत्साहित नेपाली महिला क्रिकेट टोली

भारतसँग खेल्न उत्साहित नेपाली महिला क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१९ मा पाकिस्तानमा गएर पाकिस्तानी टोलीसँग अन्तर्राष्ट्रिय दृष्टिविहीन सिरिज खेलेको थियो ।

त्यो सिरिज धेरै अर्थमा महत्वपूर्ण थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय सिरिज नेपालले विदेशमा गएर खेलेको पहिलो दृष्टिविहीन सिरिज थियो ।

नेपालले पाकिस्तानलाई उसैको मैदानमा पराजित गर्दै ६ खेलको त्यो सिरिज ह्वाइटवास गरेको थियो । लाहोर इस्लामावाद र रावलपिन्डीमा भएको सिरिजमा नेपालले ४ खेल जितेको थियो भने एक खेल वर्षाका कारण हुन सकेन ।

२०२० देखि कोभिड(१९ महामारी सुरु भयो । नर्मल क्रिकेटसमेत प्रभावित भएको बेला दृष्टिविहीन क्रिकेट त हुने कुरै भएन । अझ दृष्टिविहीन क्रिकेट खासै प्राथमिकतामा समेत छैन ।