बालिका करणी गरी फरार रहेका आरोपित पक्राउ

बालिका करणी गरी फरार रहेका आरोपित पक्राउ

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जवरजस्तीकरणी गरेर फरार रहेका आरोपितलाई पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेर फरार शैल्यशिखर नगरपालिका–४ सल्यारी गाउँपन्यारका ४९ वर्षीय बिसन ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरोपित ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जवरजस्तीकरणी गरी फरार भएका थिए । बैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए । 

उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधवार जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रबाट पक्राउ गरेको हो । आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।