जावलाखेलले पुलिसलाई ६–१ ले हरायो

जावलाखेलले पुलिसलाई ६–१ ले हरायो

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले हराएको छ । 

आज बुधवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले हरायो । पहिलो हाफमा एक गोल गरेको जावलाखेलले दोस्रो हाफमा पाँच गोल गर्दै एक खोल बेहोर्‍यो । जावलाखेका लागि एनकोटा मासोबी र हिसुब थापाले दुईरदुई गर्दा फोडे फोफना र अब्दुलाजिज निसोनबाभले एकरएक गोल गरे । पुलिसका लागि मोसेस ग्याबाह टौमले सान्त्वना गोल गरे ।  

यो जितसँगै जावलाखेल १० खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायमै रहँदा पुलिस उति नै खेलमा पाँच अङ्कसहित पुछारमा यथावत् छ ।

यस्तै आजै त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको छ । मच्छिन्द्रका लागि अर्मान्ड बेडोमले गोल गरे ।