बजारमा प्रविन वेडवाल को ‘माया लाईसक्यो’–२ (भिडियो सहित)

बजारमा प्रविन वेडवाल को ‘माया लाईसक्यो’–२ (भिडियो सहित)

धनगढी । भाइरल गित ‘माया लाइसक्यो’ को सफालता पछि यसको सिक्वेल ‘माया लाइसक्यो’–२ बजारमा आएको छ ।  गायक प्रविन वेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेकोमा शब्द सङ्गीत सिएल शर्माको रहेको छ ।

एक वर्षअघि ‘माया लाइसक्यो’ गित सपतक म्यूकिकमार्फत सार्वजनिक गरिएको थियो । सो गित एक लाख १९ हजार ६८ जनाले हेरेका थिए । ‘माया लाइसक्यो’–२ चार दिनअघि प्रविन बेडवालको आधिकारिक युटुवमार्फत सार्वजनिक भएको छ । 

नेपाल आइडल सिजन ३ को प्रतिष्पर्धाबाट गायन क्षेत्रमा चर्चा कमाइरहेका वेडवालको सिक्वेलमा वेडवाल, सञ्जिता खतिवडा, प्रेम भण्डारी, श्वस्तिका श्रेष्ठ, जय विक, आशिष अर्याल, राजेश देवल, भरत कँडेलको अभिनय रहेको छ । गितमा कर्णाली पुल, ठुलिगाड लगायतका स्थान तथा विभिन्न भेषभुषाका संस्कृतिहरु पनि समेटिएका छन् ।

रिलमा बेडवाल मानसिक बिरामीको रूपमा प्रस्तुत भएका छन् । संजिताले उनलाई आफ्नो माया प्रेमले फकाएको देखिएको छ ।

उक्त गीतको भाग १ लाई दर्शकहरूले अत्यधिक रुचाएका थिए भने दोस्रो भागलाई पनि उत्तिकै माया पाई रहेको देखिन्छ । 

नेपाल आइडलमा प्रथम नभएपनि गितका कारण युवामाझ प्रथम हुने प्रयासमा छन् । उनले नेपाल आईडलमा दोस्रो स्थान हात पारेका थिए । ‘आफ्नो गीतका कारण युवा माझ मात्रै नभई बालकदेखि ज्येष्ठ नागरिकसम्ममा लोकप्रिय बन्दै गएको’ प्रतिक्रिया दिन्छन् ।

उनले अहिलेसम्म आई पुग्दा २ सय ५० भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् । उनका गीतहरू, ‘नबोली नबोली’, ‘उनको प्रीति पहिले होकी’, ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’, ‘तस्बिर दिलैमा’, ‘दुनियाँले आँखा लगाउने’, ‘तिमीले सोचे भन्दा धेरै’ लगायतका गीतहरू चर्चित हुन् ।