कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

धनगढी । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

यस्तै मंगलबार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २ सय ९१ नमुनामध्‍ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।