आजदेखि एसिसी प्रिमियर कप: उद्घाटन खेलमा नेपाल मलेसियासँग खेल्ने

आजदेखि एसिसी प्रिमियर कप: उद्घाटन खेलमा नेपाल मलेसियासँग खेल्ने

काठमाडौं । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ।

आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।

सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ ।

यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ ।

नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ।